सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुराः साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।
कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए। 
उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ। ‘वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ उनले भने, ‘हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ।
स्थानीय गोरख धामीले नुनको अभावको कुरा सुनेपछि आफू लाइन बस्न आएको बताए। ‘नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो, उनले भने। 
बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे। उानका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा सुरत मल्ल र हिरालाल चौधरी, २०७९ असार १९

नागरिक सवालमा सुरत मल्ल र हिरालाल चौधरी, २०७९ असार १९

नागरिक सवालमा डाक्टर शेरबहादुर पुन र लक्ष्मण शाह, २०७९ असार १७

नागरिक सवालमा डाक्टर शेरबहादुर पुन र लक्ष्मण शाह, २०७९ असार १७

नागरिक सवालमा स्वास्थ्य शिविर व्यवस्थापक तथा सामाजिक सेवा एकाइ प्रमुख रामबहादुर मल्ल, २०७९ असार १६

नागरिक सवालमा स्वास्थ्य शिविर व्यवस्थापक तथा सामाजिक सेवा एकाइ प्रमुख रामबहादुर मल्ल, २०७९ असार १६

नागरिक सवालमा शिवराज जोशी सूचना अधिकारी जिल्ला प्रशासन कार्यालय कैलाली, २०७९ असार १५

नागरिक सवालमा शिवराज जोशी सूचना अधिकारी जिल्ला प्रशासन कार्यालय कैलाली, २०७९ असार १५

नागरिक सवालमा वडा नम्बर ३ डुबान संघर्ष समितिका संयोजक जयबहादुर थापा, २०७९ असार १४

नागरिक सवालमा वडा नम्बर ३ डुबान संघर्ष समितिका संयोजक जयबहादुर थापा, २०७९ असार १४

नागरिक सवालमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, २०७९ असार १३

नागरिक सवालमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, २०७९ असार १३