सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुराः साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।
कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए। 
उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ। ‘वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ उनले भने, ‘हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ।
स्थानीय गोरख धामीले नुनको अभावको कुरा सुनेपछि आफू लाइन बस्न आएको बताए। ‘नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो, उनले भने। 
बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे। उानका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा डाक्टर मिराज आलम अन्सारी, २०७९ साउन १०

नागरिक सवालमा डाक्टर मिराज आलम अन्सारी, २०७९ साउन १०

नागरिक सवालमा गोकर्ण उपाध्याय, २०७९ साउन ०७

नागरिक सवालमा गोकर्ण उपाध्याय, २०७९ साउन ०७

नागरिक सवालमा नगर प्रमुख गोपाल हमाल, २०७९ साउन ०६

नागरिक सवालमा नगर प्रमुख गोपाल हमाल, २०७९ साउन ०६

नागरिक सवालमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, २०७९ साउन ०५

नागरिक सवालमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, २०७९ साउन ०५

नागरिक सवालमा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धिताल, २०७९ साउन ०३

नागरिक सवालमा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धिताल, २०७९ साउन ०३

नागरिक सवालमा राष्ट्रिय भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्याय, २०७९ साउन ०२

नागरिक सवालमा राष्ट्रिय भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्याय, २०७९ साउन ०२