MERO KATHA_(मेरो कथा)_EPISODE 02_MADHAV ROSYARA
डोटीको शिखर नगरपालिका वडा नम्वर ९ का माधव रोस्याराको सानैदेखि शिक्षक बन्ने रहर थियो । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण विचमै अध्ययनलाई विट मार्दै अधिकासं सुदुरपश्चिमवासी जस्तै माधव पनि रोजगारीका लागि भारत पशे । त्यहाँ होटलमा वेटर भएर काम सुरु गरेका माधवले छोटो समयमै होटलको व्यवस्थापक सम्मको जिम्मा पाए ।
तर सानै देखिको शिक्षक बन्ने सपना भने माधवको मन मस्तिकबाट हट्न सकेको थिएन् । सोही सपना पुरा गर्नका लागि अहिले माधव स्वदेश फर्कीएर धनगढीको फ्लाटल्यण्ड बेकरीमा ’वेटर’ को काम गर्दै आएका छन् । स्नताकोत्तर दोश्रो बर्षमा अध्ययन समेत गरिरहेका माधवले शिक्षक बनेरै छोड्ने लक्ष्य लिएका छन ।
कमेन्ट लोड गर्नुस