सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षातमा गरिने तरकारी खेतीबाट कसरी मनग्य आम्दानी लिन सकिन्छ?

२०७५ वैशाख १०, ०५:२४

अहिले समर सिजन चलिरहेको छ। समर सिजन सकिएर वर्षे सिजन सुरु हुन केही समय मात्र बाँकी रहेको छ। यो सिजनलाई बेमौसमी तरकारी उत्पादनको उपयुक्त समयका रुपमा लिईन्छ। वर्षे सिजनमा तराईका व्यवसायीक किसान मात्र नभई प्रायः जसो अरु किसानले पनि बेमौसमी तरकारी खेती गर्दै आएका छन्। लहरे तरकारी बालीको उपयुक्त सिजन भएकाले वर्खामा स्वच्छ र ताजा तरकारी खानका लागि स–सानो जमिनमै भएपनि किसानहरु तरकारी लगाउने गरेका छन्। तराईका धेरै किसानले वर्खायाम सुरु हुनु पुर्व नै बेमौसीमा तरकारी खेतीमा लहरे तरकारी बालीहरु लगाईसकेका छन् भने केही किसान लगाउने तयारीमा छन्। बर्खायाममा खासगरी लहरे तरकारी अन्र्तगत काक्रा, फर्सी, लौका, भेन्टी, करेला, चिचिन्डो लगायतका तरकारी प्रशस्त मात्रामा फल्ने गरेको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए। तर वर्षातमा लगाईने यी तरकारी बालीको उचित स्याहार सुसार नगर्दा सोचे अनुसारको प्रतिफल प्राप्त नहुने समस्या छ। कतिपय किसानलाई तरकारी लगाउने तरिकाहरु बारे प्राविधिक ज्ञान नहुदा सोचेअनुसारको उत्पादन प्राप्त हुदैन् भने लगानी खेर जाने सम्भावना समेत रहेको हुन्छ। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत जोशीले वर्षातमा वनस्पतीक विकास धेरै हुने भएकाले एक विरुवादेखि अर्काको दुरि डेढ मिटर सम्म राख्नुपर्ने बताउछन् । त्यसो गरिएमा तरकारीको उत्पादन बढाउन सकिने उनको सुझाव छ।  बर्खायाममा तरकारी बालीमा ढुसिजन्य रोगको प्रकोप समेत उतिकै हुने गर्दछ भने किराका कारण बेर्ना जोगाउन समेत धौऔँधौँऔँ हुने गरेको छ। यस्ता जोखिमबाट बचेर मनग्य आम्दानी लिन बाली लगाईसकेपछि बेला बेला हेरचाह गर्ने र किटनाशक औषधी छर्कने गर्नुपर्छ। यसकारण तपाई पनि बर्खायाममा लहरे तरकारी खेती गरी मनग्य आम्दानी लिन चाहानुहुन्छ भने कृषि विज्ञले माथि भनेका तरिका र सुझाव अनुसार नै गर्नुहोला। 
 

कमेन्ट लोड गर्नुस