वस्ती सार्न माग गर्दै मानव अधिकार आयोगमा उजुरी
बस्ती सार्न माग गर्दै बझाङ थलारा गाँउपालिका ९ आमबगरका स्थानीय वासिन्दाले मानव अधिकार आयोगको क्षेत्रीय कार्यलयमा उजुरी दिएका छन् भने प्रदेश नम्बर ७ का मुख्य मन्त्रीलाई ज्ञापन वुझाएका छन्। तीन वर्ष भईसक्दा पनि आफ्नो समस्या समाधान नगरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएको वताएका छन्।
तिन वर्ष अघि सडक डिभिजन कार्यालय बैतडीले निर्माण गरेको जडार कोइरालकोट सडकका कारण सुरु भएको पहिरोले गाउ“ नै जोखिममा परेपछि सुरक्षित ठाउ“मा बस्ती सार्न माग गर्दै मुख्य मन्त्रीको कार्यालयमा पुगेका स्थानीयले २५ घरका २ सय भन्दा बढीको ज्यान खतरामा रहेको ज्ञापन पत्रमा लेखेका छन।
गाउ“को सिरानीमा २०७२ साल बैसाखमा निर्माण सुरु भएको जडार कोइरालकोट सडकका कारण यो बस्ती जोखिममा परेको थियो। सडक निर्माण गर्ने क्रममा आएको पहिरोले यहा“का ८ घर पुर्ण रुपमा भत्काएको थियो भने २५ परिवारको करिव ६० रोपनी जग्गा र त्यसमा लगाएको बालीनाली समेत पुरेको थियो। यसै पहिरोले वस्तीको लागि वनाईएको २ करोडको खानेपानी र सिंचाई समेत पुर्ण रुपमा क्षतिग्रस्त भएको थियो।