१० औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु
कैलाली जिल्ला स्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। धनगढीको क्षेत्रीय रंगशालामा आजदेखि सुरु भएको प्रतियोगिताको सामाजिक विकास मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे। प्रतियोगितामा कैलाली जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका झण्डै चार सय विद्यार्थीहरुको सहभागीता रहेको छ। यसअघि ५ वटै निर्वाचन क्षेत्रमा सम्पन्न भएकोमा त्यहाँ विभिन्न विधामा प्रथम र द्धितीय भएका विद्यार्थीहरुले भाग लिएका छन। जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्स, भलिवल, उसु, कराँते, तेक्वान्दो लगायतका खेलहरु समावेश गरिएका छन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितमा सहभागी गराईने कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपकवहादुर सिंहले जानकारी दिए।