विष्फोटक पदार्थ अभावले दार्चुला–टिंकर सडक आयोजनाको काम सुस्त
महाकाली कोरिडोर र दार्चुला–टिंकर सडक आयोजनाको निर्माण कार्य अझ पनि विष्फोटक पदार्थ अभावले सुस्त भएको छ । निर्माण कार्य सुरु भएको झण्डै साढे तीन दशकसम्म पनि सडक अधुरै रहेको हो । नेपाली सेनालाई विष्फोटक पदार्थका लागि भुक्तानी गरिसक्दा पनि सेनाले त्यसको आपुर्ती नगरिदिदा निर्माण कार्य सुस्ताउदै गएको हो ।
चार सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर अर्थात ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर सडक आयोजना निर्माण सुरु भएको ३३ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । त्यसैगरी दार्चुला–टिंकर एक सय १२ किलोमिटरमध्ये ४० किलोमिटर ट्याक खुलेपनि अझै ७२ किलोमिटरको ट्रयाक नै खोल्न वाँकी छ ।
सकडका लागि वर्षेनी वजेट आउछ, तर त्यो बजेटको अधिकांस हिस्सा प्रिज भएर जाने गरेको छ । यसै विषयमा सहकर्मी सिताराम ओझाले दार्चुला–टिंकर सडक आयोजनाका सव ईन्जिनियर रुविन भुषाल कुराकानी गरेका छ