यौन सम्पर्कको प्रस्ताव अस्वीकारपछि योजना वनाएर सामुहिक बलात्कार गर्दै हत्या गरेको खुलासा
उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा हालेको अवस्थामा फेला परेपछि पिडितको जाहेरीका आधारमा घटनाको अनुसन्धान गर्दै यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरिएपछि योजना वनाएर सामुहिक वलात्कारपछि हत्या गरेको रहस्य प्रहरीले खुलाएको हो ।
गौरीगंगा नगरपालिकाकामा सामाजिक परिचालक पदमा मायासँगै काम गर्ने मुख्य योजनाकार ३० बर्षीय गणेश बडुवाल रहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले मायालाई मार्नका लागि सोही ठाउँका २७ वर्षीय मनोज वोगटीलाई ८० हजार दिएपछि उसको एक जना साथी र वडुवालले आफ्ना अन्य दुई साथीलाई वोलाएर जंगलमा जर्वजस्ती वलात्कार गर्दै हत्या गरिएको प्रहरी समक्ष संग्लनले वयान दिएका छन् ।
कमेन्ट लोड गर्नुस