सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरो कथा (Mero Katha )_Episode 06_Nandraj Bhatta

अपाङ्गता भएर बाँच्नु कसैको रहर हुँदैन् । रहर नभए पनि कहिले काँही परिस्थितिले कसैलाई त्यस्तो अवस्थामा पु¥याउने गर्छ । तर शारीरिक अपाङ्ता हुँदैमा उनीहरुको जिवन नै सकिन्छ भन्ने भने होईन् । बैतडीको भौनेलीका शारीरिक अपाङ्ता भएका नन्दराज भट्टको कथाले पनि सवैलाई चकित बनाउन सक्छ । जन्मजात नै दुवै हातखुट्टा विहिन भट्टले तीन कक्षा सम्म उनले घरमै पढे । त्यतिवेला उनी मुखले लेख्थे । अहिले उनी हात, मुख र खुट्टाको सहायताले कलम चलाउँछन् । कमजोर आर्थिक अवस्था र विभिन्न समस्यका बाबजुत उनले बैतडीको विरेन्द्र उच्चमावीबाट उच्च शिक्षा हासील गरे । कैलाली वहुमुखी क्याम्पसबाट ग्रामिण विकासमा स्नातक गरेका भट्टले कम्युटरमा पनि डिप्लोमा कोर्स पूरा गरिसकेका छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्र र राजनितिक शास्त्रमा स्नाकोत्तर गरिसकेका छन् । शारीरिक अशक्तता भएपनि उनी दैनिक क्रियाकलाप सजिलै गर्न सक्छन् । कक्षा १० मा पढ्दै गर्दा साहित्यकार झमक कुमारीले दिएको किताब पढ्ेपछि आफूमा केही गर्नेसक्ने आट पलाएको उनी बताउँछन् । झमककुमारीका पुस्तक पढेपछि उनमा पनि आत्मविश्वास बढ्यो र संघर्ष गर्दै गए । उनले आफ्ना विचारको संग्रह ‘बेलाको बोली’ नामको पुस्तक समेत प्रकाशित गरे । कहिलेकाँही समयसामयिक विषयमा पनि कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेख लेखिरहन्छन् । अहिले उनी अपाङ्ता भएका व्यक्तिको हकहितका लागि भन्दै विभिन्न संघ सस्थामा सक्रिय भएर लागिरहेका छन् ।

कमेन्ट लोड गर्नुस