धनगढीमा कड्किए देउवा: अन्तर्घातबाट मुक्त नभए कांग्रेस भंङग गरे हुन्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गरेर मात्रै विश्राम लिने बताएका छन्। धनगढीमा नेपाली कांग्रेस कैलालीको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले कांग्रेसलाई अन्तर्घातीहरुले सिद्धाउन थालेको बताए। ‘कृष्णप्रसाद भट्टराईलाई हराएदेखि कांग्रेसमा अन्तर्घातको रोग लागेको छ र यो क्रम अहिले पनि जारी छ, अब यसरी पार्टी चल्दैन, कांग्रेस भंग गरे हुन्छ, म अन्तघार्तबाट मुक्त कांग्रेस बनाएर मात्रै बिश्राम लिन्छु तपाईहरुको साथ चाहियो’ देउवाले भने। देउवाले अब आफुले पार्टीबाट अन्तर्घात नष्ट पारेर फेरी पुरानै शक्तीसाली कांग्रेस बनाएर मात्रै बिश्राम लिने बताए । उनले प्रष्ट शब्दमा पार्टीमा अन्तघार्त कायमै रहे कांग्रेस पार्टी भंग गरिदिए पनि हुने बताए।
कमेन्ट लोड गर्नुस