सेयर बजार १४ अङ्कले घट्यो
काठमाडौंः बुधबारको कारोबार सकिँदा सेयर बजारमा करिब १४ अङ्कले गिरावट आएको छ। उक्त अङ्कको गिरावट आए पनि नेप्से परिसूचक २०५० कायम भएको छ।
पछिल्लो दिनको तुलनामा बुधबार कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ४९ करोडको कारोबार भएको छ। यस्तै, बुधबार १७८ को सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको मूल्य मात्र बढेको छ। २ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। यता, उपसूमहतर्फ बैंकिङ १०, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत् ४१, माइक्रोफाइनान्स ४० र अन्य ७ अङ्कले घटेको छ।
त्यस्तै, सबैभन्दा धेरै होटल तथा पर्यटन २३९, जीवन बीमा ११ र उत्पादन उपसमूह १५ र व्यापार उपसमूह २ अङ्कले बढेको छ।