सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा विस्फोटक पदार्थ फेला

२०८० असार ३, १२:५५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा आज विहान विस्फोटक पदार्थ फेला परेको छ।

जिल्लाको आलीताल गाउँपालिका–१ रतनटुडाको चित्रकुट सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको हो। स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले बाख्रा चराउने क्रममा ८१ मोटरको सेल (विस्फोटक पदार्थ) एक थान फेला पारेको खबर प्रहरीलाई गरेका थिए।

प्रहरी चौकी गाङखेत डडेल्धुराबाट प्रहरी टोली सो स्थानमा पुगेर विस्फोटक पदार्थ डिस्पोज गर्न नेपाली सेनाको टोलीसँग समन्वय गरिरहेको छ।

कमेन्ट लोड गर्नुस