सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले बेलारुसमा राख्यो आणविक हतियार 

२०८० असार २, १०:३१ खबर संवाददाता

एजेन्सीः  रुसले बेलारुसमा रणनीतिक आणविक हतियार राखेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार राखेको पुष्टि गरे। उनले रुसको भूभाग वा राज्यलाई धम्की दिएमा सो आणविक हतियार प्रयोग गरिने चेतावनी दिए। उनले एक सार्वजनिक मञ्चमार्फत आणविक हतियार बेलारुसमा पु¥याइएको जानकारी दिएका हुन्। राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन्।

सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन् भनेर देखाइएको हो।’ फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावना कतिको छ भनेर पुटिनलाई सोधेका थिए। जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन।

हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहन्छौँ, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो।’ बेलारुस एक प्रमुख रुसी सहयोगी हो।
 

कमेन्ट लोड गर्नुस