सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

२०८० जेठ ३१, ०८:५६ खबर संवाददाता

बाजुुराः बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

मंगलवार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाँउपालिका–१ का ३१ वर्षीय यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएका थिए। उनको मंगलवार ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ। 

कमेन्ट लोड गर्नुस