सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक भान्साघरमा आगलागी 

२०८० जेठ ३०, ०७:३२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक भान्साघरमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्दचोकका रुद्र चन्दको भान्साघरमा आगलागी भएको हो। सोमवार खाना पकाउने क्रममा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।

आगलागीबाट ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस