सुदूर नेपाललाई विश्वसँग जोड्दै

डढेलोमा परी १४ जनाको मृत्यु

२०८० जेठ २८, ०८:३५ खबर संवाददाता

एजेन्सीः उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ। आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै १४ जनाको शव फेला परेको जनाएको छ।  

डढेलोका कारण एक लाख ४८ हजार हेक्टर  वनमा क्षति पुगेको जनाएको छ। उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पु¥याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।​

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन्। डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन्। बिहीवार चट्याङ लागेर आगलागी सुरु भएको थियो। 

कमेन्ट लोड गर्नुस