कञ्चनपुरमा भन्सार छलीका सामान बेवारीसे अवस्थामा फेला
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बेवारीसे अवस्थामा फेला परेका छन्। बुधवार भारतबाट भन्सार छलीगरी ल्याएर लुकाई राखेका दाल, पशु आहार, बिष्कुट, पेयपदार्थ (डिउ), लुगाधुने सोडा, मिस्री, साईकल लगायतका सामान बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ।
दश हजार सात सय पचास मुल्य बराबरको सामानहरु बेवारीसे अवस्थामा फेलापारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। भीमदत्त नगरपालिका–१० गड्डाचौकी स्थित नेपाल भारत सिमानाका नजिकैबाट उक्त सामान फेला पारेको प्रहरीले जनाएको छ।