सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसमा रेडियो स्टेशनहरू ’ह्याक’

२०८० जेठ २२, ०८:१४ खबर संवाददाता

एजेन्सीः  रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन्।

रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ। ह्याकिङ दक्षिण–पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ। किभले यस्ता गतिविधिहरूले लामो–अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ। रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो त्यो आवाजले ती क्षेत्रहरूमा मार्शल, सामान्य परिचालन र नागरिकलाई खाली गर्ने घोषणा गरेको छ। ‘यो वास्तवमै ह्याक थियो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भने।

बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दामा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ। एमआरआई रेडियो स्टेशनले ह्याकिङलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन झन्डै ४० मिनेटसम्म प्रसारित भएको थियो।
 

कमेन्ट लोड गर्नुस