सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुरामका विद्यालय प्रशासनमा तालाबन्दी

असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने

२०८० जेठ २१, ०७:२७ खबर संवाददाता

डडेल्धुराः  डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रशासन कक्षहरुमा तालाबन्दी गरिएको छ।

बजेटमा उपेक्षा गरिएको भन्दै नेपाल विद्यालय कर्मचारी युनियन परशुराम नगरपालिका कार्यसमितिले विद्यालयका प्रशासन कक्षमा तालाबन्दी गरेको हो। गत जेठ १५ गते ल्याइएको बजेटले विद्यालयका कर्मचारीहरुको माग सम्बोधन नगरेको विरोधस्वरुप तालाबन्दी गरिएको कार्यसमितिले जनाएको छ।

उनीहरुले विद्यालयमा ताला लगाएर प्रधानाध्यापकलाई चाबी बुझाउने र उक्त अवधिभर विद्यालयमा उपस्थित नहुने बताएका छन्। तालाबन्दी आगामी जेठ २६ गतेसम्म जारी रहने जनाइएको छ। जेठ २७ देखि असार १ गतेसम्म राजधानीको भद्रकालीमा अनशन बस्ने, असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने र असार २६ गते बिहानैदेखि नगरपालिकामा विरोध गर्ने घोषणा गरिएको छ।

आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवासुविधा हेरफेर गरिने विषय उल्लेख भएपनि बजेटले उपेक्षा गरेको उनीहरुको आरोप छ।
 

कमेन्ट लोड गर्नुस