सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका समान बरामद

२०८० जेठ २१, १२:२३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका समान बरामद गरिएको छ। 

जिल्लाको कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर २ मिलनचोकाट भन्सार छलीका १५ हजार मूल्यका समान बरामद गरिएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार भारतबाट भन्सार छली ल्याएकोे चिनि, झील्लि, पानीपुरी, सुर्ति, बिडी, मिठाई लगायतका सामान बरामल गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बेवारीसे अवस्थामा फेला पारी उक्त सामान बरामद गरेको हो। भन्सार छलीका सामान कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ।
 

कमेन्ट लोड गर्नुस