सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नयाँ वर्ष मनाउन भारतबाट घर फर्किरहेका एकजनाको ढुङ्गा लागेर मृत्यु

२०७६ वैशाख १, ०१:०५ डीवि विष्ट

बझाङमा नयाँ वर्ष मनाउन भारतबाट घर फर्किरहेका एकजनाको ढुङ्गा लागेर मृत्यु भएको छ। विसु पर्व मनाउन घर फर्किरहेका बझाङको केदारस्युँ गाउँपालिका वडडा नम्बर ७ का २८ वर्षीय धौले धामीको ढुंङ्गा लागेर मृत्यु हो। भारतमा मजदुरी गर्दै आएका धामीलाई  केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को भातेभीर भन्ने ठाँउमा ढुंङगा लाग्दा घटना स्थलमै उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शनिबार दिउँसो घर पुग्ने क्रममा धामीको सडक खन्ने क्रममा आएको ढुङ्गा लागेर मृत्यु भएको हो। ढोड्याखेत गण्डकी सडक निर्माण गर्ने क्रममा निस्कीएको ढुङ्गा लागेर धामीको घटना स्थालमा नै ज्यान गएको स्थानीयले बताएका छन्। धामीसंगै उनका छिमेकी पनि भारतबाट नयाँ वर्षका लागि भन्दै घर फर्किरहेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा राखएिको छ।  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस