सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिको संसद्मा जवाफ माग्ने

२०८० जेठ २०, ०८:३५ खबर संवाददाता

काठमाडौँः  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने भएको छ।

शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसद्मा जवाफ माग गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेकबारे विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री दाहालको सो अभिव्यक्तिको विरोध भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस