सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीलाई संस्थागतरुपमा अघि बढाए कुनै दलले चुनौति दिन सक्दैनः प्रकाशमान

२०८० जेठ २०, ०७:५५ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गरेका छन्।

शनिबार पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताएका हुन्। नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताएका छन्। जनताको इच्छा, आकांक्षाबमोजिमा समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए।

पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नस्कन्ने उनको भनाई थियो। कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उनले बताए। नेता सिहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछयापी काम गर्नु पर्ने बताए।

कमेन्ट लोड गर्नुस