सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ

२०८० जेठ २०, १२:४७ खबर संवाददाता

धनगढीः धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बिथ्डचिर गाउँपालिका–२ को २८ वर्षीय जिबन बोहराले संचालन गरेको कमल रोशन होटलबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङ बिथ्डचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, २ कै ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबेन्द्र मण्डल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खडका र होटल संचालक बोहरा रहेका छन्।

उनीहरुलाई जुवातास खेलिरहेको अबस्थामा नगद २५ हजार ७ सय र तास ३ गड्डीसहित फेलापारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ
 

कमेन्ट लोड गर्नुस