बैतडीमा एक लाखबढीका सामान बेवारिसे अवस्थामा फेला
बैतडीः बैतडीमा एक लाखबढीका सामान बेवारिसे अवस्थामा फेला परेका छन्।
जिल्लाको गोठलापानी शाहिलेक सडकखण्डमा अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको चप्पल, छाता, पलाष्टिक, अचार, ज्वानो, बिडी, चाबी सलाई, मंगला तेल, बेसन, कापी, ताला, प्रेसर कुकर, नमकिन, नरिवल, दाल, चिनी लगायतका एक लाख पैतीस हजार तीन सय पैतालीस रुपैँया बराबरको सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको छ।
बिहीवार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिईएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका वडा नम्बर–४ गोठलापानी स्थित जगतन्नाथ बहुमुखी क्याम्पस नजिक गोठलापानी शाहिलेक सडकखण्डमा उक्त सामान फेला पारेको जनाएको छ। सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले महाकाली भन्सार कार्यालय झुलाघाट बैतडीमा बुझाएको छ।