सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नबिल बैंकको शाखा विस्तार

२०८० जेठ १८, ०५:३७ खबर संवाददाता

धनगढीः नबिल बैंक लिमिटेडले धनगढीको बोराडाडीमा नयाँ शाखा विस्तार गरेको छ।

बिहीवार बोराडाडीमा नयाँ शाखाको उद्घाघटन गरिएको हो।  नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोदराज लेखकले रिवन काटेर बैंकको शाखा उद्घाटन गरेका हुन्। नबिल बैंक सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख टेकराज भट्टको समेत सहभागि रहेका थियो।

बैंकका शाखा प्रबन्धक देबेन्द्र केसीले नबिल बैंक र शाखाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी गराएका थिए। 

कार्यक्रमका मुख्य अतिथि विनोद राज लेखकले बैंकको उपल्बधता र बफराडाडी क्षेत्रमा शाखाको अवश्यकता  रहेको बताए। धनगढीको बजार क्षेत्रमा मात्र बैंक तथा वित्तिय संस्थाहरु रहेको बताउदै उनले मोहनापुल -अत्तरिया  ६ लेन सडक क्षेत्रमा समेत बैंक खुलेकाले सुशी व्यक्त गरेका हुन्। 

नबिन बैंकका प्रदेश प्रमुख टेकराज भट्टले निक्षेप र कर्जाको बारेमा बताएका थिए। शाखाको विस्तारले ग्राहक वर्गमा बैंकिङ्ग सेवा सुविधामा थप सहजिकरण हुने उनको दाबी छ। 

यस अघि बैंकले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी डिजिटल उद्घाकटन गरेको थियो। स्थपनाको ३८ वर्ष पार गरेको बैंकले एक साथ देशभर ३८ नयाँ शाखा सञ्चाटलनमा ल्याएको हो। ‘नबिलबैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकै साथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

३८ नयाँ शाखा मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चापलनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिकमप्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घााटन गरिएको हो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

 

 

कमेन्ट लोड गर्नुस