सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश ग्रुपद्धारा कैलालीको पहलमानपुरमा साबुन उद्योग सञ्चालन

२०७५ चैत्र ३०, ०८:०१ खबर संवाददाता

दिनेश ग्रुपले कैलालीको पहलमानपुरमा साबुन उद्योग सञ्चालनमा ल्याएको छ। दिनेश ग्रुपले २५ करोडको लगानीमा पहलमानपुरमा स्थापना गरेको साबुन उद्योग आजदेखि सञ्चालनमा आएको हो। दिनेश सप एण्ड हाउसहोल्ड इण्ड्रस्टीज प्राली नाम दिएर सञ्चालन गरिएको उद्योगले आज  लुगा धुने दिनेश डिटर्जेन्ट पाउडरको लन्च समेत गरेको छ। उद्योगका सञ्चालक  देवेन्द्र हमालले आज दिनेश डिटर्जेन्ट पाउडर लन्च गरिएको बताउदै आउँदो बैशाखदेखि बजारमा सहजै पाउन सकिने जानकारी दिए।

पहिलो चरणमा सुदूरपश्चिमका बजारमा मात्र उपलब्ध हुने पाउडर असोज पछि काठमाडौँ सहितका ठुला शहरमा समेत बिक्रि वितरण गरिने हमालले बताए। बैशाखपछि लुगा धुने साबुन, भाडा धुने साबुन र साबुनजन्य अन्य समाग्री समेत उत्पादन गरिने योजना उद्योगले लिएको छ।साबुन उद्योगले गुणस्तरमा कुनै कमी हुन नदिने जनाएको छ भने ग्राहकहरुलाई प्रयोग गरेर हेर्न आग्रह गरिएको छ।   
    

कमेन्ट लोड गर्नुस