आगामी आर्थिक वर्षमा २५ हजार भूमिहीनलाई जग्गा वितरण गरिने

काठमाडौँः अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा भूमि आयोग मार्फत ११० वटा स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गा वितरण गरिने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै मन्त्री महतले नाप–जाँच गर्न छुट भएका जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने बताए। आगामी आर्थिक वर्षमा गाउँ ब्लक जग्गा जाँच कार्य सम्पन्न गरिने बताए।
वैज्ञानिक आधारमा जग्गालाई खेतीयोग्य र वर्गीकरण गर्ने व्यवस्था मिलाइने जानकारी गराउँदै भूमिको वर्गीकरण स्थानीय तहमार्फत प्रभावकारी र पारदर्शी बनाइने उल्लेख गरे।
