सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघ धनगढीद्वारा क्याम्पसहरुमा डस्टबिन सहयोग

२०८० जेठ १५, ०३:४१ खबर संवाददाता

धनगढी: धनगढीका विभिन्न क्याम्पसहरुमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धनगढी नगर कमिटीले डस्टबिन वितरण गरेको छ। आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा धनगढीका ५ क्याम्पसबाट उत्पादन हुने फोहोर विसर्जन गर्ने प्रयोजन लागि डस्टबिन वितरण गरिएको हो।

नेविसंघ धनगढी नगर कमिटीको सामाजिक क्रियाकलापमा सहभागी हुने योजनाअनुसार धनगढीका क्याम्पसमा २/२ थान कुहिने र नकुहिने फोहर राख्न डस्टबिन वितरण गरिएको नगर सभापति दिपेश बोहराले बताए। उनले सरसफाइलाई बढावा दिन र धनगढीलाई सफा बनाउन अनिवार्य डस्टबिन राख्न प्रेरित गर्न डस्टबिन वितरण गरिएको बताए।

नेविसंघ धनगढी नगर कमिटीले धनगढीको एसपीए कलेज, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, नेपाल वेष्टर्न कलेज र एलाइन्स कलेजमा डस्टबिन वितरण गरेको हो।
 

कमेन्ट लोड गर्नुस