सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्सेकद्घारा रेशमलाई सजाय माफी नर्गन सरकारलाई पत्र

२०८० जेठ १४, ०९:४२ खबर संवाददाता

टीकापुर घटनामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यालयले बाँकी कैद सजाय माफी दिन लागेको निर्णय रोक्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार एक पत्रमार्फत टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न सरकारलाई आग्रह गरेको छ।  सजाय माफि ,मुलतवी , परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफुलाई भएको सजाय माफि, मुलतवी, परिवर्तन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिनसक्ने उल्लेख छ। तर भ्रष्टचार , जवरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध ,युद्घ अपराध, क्रुर हिंस्रिक वा विभत्स तरिकाले गरिएको हत्या , लागुऔषध लगाएतका अपराधमा सजाय कमनहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख हुनाले चोधरीलाई माफि नदिन पत्र मार्फत जानकारी  गराइएको छ।

‘प्रहरीको नृशंस हत्या गरी मानवअधिकारकोसमेत घोर उल्लंघन गरेका अपराधीहरुलाई राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हो’, पत्रमा भनिएको छ, ‘मानवअधिकार उल्लंघनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य हुन सक्दैन भन्ने मत राख्न हामी बाध्य छौं।’

चौधरीको नेतृत्वमा टीकापुरमा प्रहरी, बालकसहित ९ जनाको निर्ममतापूर्वक हत्या भएको थियो।
Open photo

कमेन्ट लोड गर्नुस