सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोर्डको २०१९ संस्करण फिगो गाडी बजारमा

२०७५ चैत्र २९, ०७:४१ खबर संवाददाता

फोर्डको २०१९ संस्करण फिगो गाडी धनगढीमा सार्वजनिक भएको छ। ग्राहाकहरुको मागका आधारमा फिगो गाडीसार्वजनिक गरिएको हो। सुदूरपश्चिमका लागि धनगढीको राजपुरमा रहेको फोर्ड शोरुमले आज एक औपचरीक कार्यक्रमको आयोजना गरि गाडी सार्वजनिक गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले फिगो गाडी सार्वजनिक गरे। फोर्ड फिगो गाडी प्रतिस्पर्धात्मक वजारमा अव्वल हुने विश्वास लिएको शोरुमका सञ्चालक दीपक अधिकारीले बताए। 
फोर्ड फिगोमा अरु स्मार्ट फिचर्सहरु राखेको छ जुन ठूलो र महङ्गो गाडीमा मात्र देख्न सकिने उनले बताए। फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली ईन्जिन, मितव्ययी र आरामदायी यात्रालाई परिमार्जित गरि २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याईएको हो। यस्को मुल्य २४ लाख ९९ हजार रहेको छ। 

कमेन्ट लोड गर्नुस