सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धी कार्यशाला सम्पन्न 

२०८० जेठ १३, ०९:१७ खबर संवाददाता

बैतडीः  बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

सेटीगाउँ बहुमुखी क्याम्पसको आयोजना, डिलाशैनी गाउँपालिकाको आर्थिक सहयोग, एनवाइसिए बैतडी र स्ववियुको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो। कार्यशाला सेटीगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा अध्ययनरत ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यशालामा जलवायु परिवर्तनका असर, यसले पार्ने प्रभाव र प्रभाव न्यूनीकरणका बिषयमा छलफल भएको सेटीगाउँ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले बताए। विश्वव्यापी जटिल समस्याको रूपमा देखा परिरहेको जलबायु परिबर्तनको समस्यासंग जुध्न समुदायस्तरमा जनशक्ति निर्माणका लागि कार्यशालाको आयोजना गरिएको सेटीगाउँ बहुमुखी क्याम्पसका स्ववियु सभापति मोहन बोहराले बताए।

कार्यशाला गोष्ठीको समापन गर्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जलवायु परिवर्तनका बिषयमा युवाहरुलाई जानकारी दिनका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए। क्याम्पसमा आयोजना हुने हरेक रचनात्मक कामलाई पालिकाले सहयोग गर्ने उनले बताए।

कमेन्ट लोड गर्नुस