सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिलाले गरिने आफ्नै श्रीमानको हत्या

२०८० जेठ १३, ०५:२७ खबर संवाददाता

एजेन्सीः  भारतको छत्तीसगढमा एक महिलाले आफ्नो बुवासँग मिले श्रीमानको हत्या गरेकी छन्।

छत्तीसगढको दुर्ग जिल्लामा महिला (कविता साहू) ले आफ्नो बुवासँग मिलेर श्रीमान(अभिषेक नायक)को हत्या गरेकी हुन्। प्रहरीले ती महिला र उनका बुवालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आरोपित महिलाले आफू श्रीमानबाट हैरान भएकोले छुटकारा पाउन हत्या गरेको बयान दिएकी छन्।

समाचारमा जनाइएअनुसार उनीहरूको चार वर्ष पहिले प्रेम विवाह भएको थियो। अभिषेक मादक पदार्थ सेवन गर्ने गर्थे। उनको एउटा छोरा समेत छन्। तर, चोरी मामलामा अभिषेक जेल गएपछि ती महिलाले अर्को युवकसँग बिहे गरेकी थिइन्। उनी जेलबाट छुटेपछि श्रीमतीले हत्या गरेको समाचारमा उल्लेख छ। 
 

कमेन्ट लोड गर्नुस