कञ्चनपुरमा लागुऔषध मुद्घाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्घाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको शुक्लाफाटा नगरपालिका –८ का दिनेश जप्रेल घरमा लुकिछिपि रहेको अवस्थामा शुक्रबार पक्राउ परेका हुन। जप्रेललाई जिल्ला अदालत कञ्चनपुरबाट २०७८ मंसिर २१ गते लागुऔषध चरेशको मुद्घामा १ बर्ष ९ महिना ३ दिन कैद र १५ हजार जरिवाना तोकिएको थियो।
जप्रेललाई आजै कञ्चनपुर जिल्ला अदालतले तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए।