सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बागेश्वरी सोरुमलाई अवार्ड

२०८० जेठ १२, ०५:१९ खबर संवाददाता

धनगढी: टीभीएसको धनगढीका लागि आधिकारिक विक्रेता बागेश्वरी अटोमोटिभ्सले ‘नेशनल च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ। टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सद्वारा आयोजित च्याम्पियन मिटकोे अवसरमा बागेश्वरीलाई उक्त अवार्ड प्रदान गरिएको हो। 

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउद लाई अवार्ड प्रदान गरेका हुन्। उत्कृष्ट नतिजासहित वर्षेनी टीभीएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको साउदले बताए। बागेश्वरीले गत वर्षहरुमा पनि अवार्डहरु जित्दै आएको थियो। ‘ह्याट्रिक गर्दै वर्षेनी अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी बोध भएको छ,’ साउदले भने, ‘यो अवसरका लागि जगदम्बा मोटर्स र बागेश्वरी टिमप्रति आभारी छु।’

सोल्टी होटलमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्ड वितरण गरेको हो । सो अवसरमा अन्य विधामा समेत डिलरहरु पुरस्कृत भएका थिए। 

धनगढी क्षेत्र मा विगत केही वर्ष देखी टीभीएस सर्वाधिक विक्री हुने दुई पाङ्ग्रे ब्रान्ड हुँदै आएको छ। स्कुटरमा टिभिएस एनटर्क, मोटरसाइकल मा रेडर र अपाचे आरटिआर सर्वाधिक रुचाइएको छ।
 

कमेन्ट लोड गर्नुस