बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई १० लाख राहत
धनगढीः कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहायोग हस्तान्तरण गरिएको छ।
गत बैशाख ८ गते बाघको आक्रमणमापरी मृत्यु भएकी जिल्लाको बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीय गंगा चन्दको परिवारलाई रातह वापत १० लाख रकम हस्तात्रण गरिएको हो। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बुधबार मृतक चन्दको घरमै पुगेर उनका श्रीमान डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका हुन्।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम नियमानुसार पाउने राहत रकम मृतका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।