सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको तल्लादेहीमा अस्थायी प्रहरी पोष्ट स्थापना 

२०८० जेठ १०, ०७:२० खबर संवाददाता

धनगढीः  बैतडीको एक वडामा अस्थायी प्रहरी चौकि स्थापना गरिएको छ।

जिल्लाको पुर्चाैडी नगरपालिका–९ तल्लादेहीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो। ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउने उदेश्यले तल्लादेहीमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले बताए। अस्थायी प्रहरी पोष्टमा  सहायक प्रहरी निरीक्षक टेकराज पाण्डेको नेतृत्वमा ८ जनाको  टोलि  खटाइएको  उनले  बताए।

बुधवार एक कार्याक्रमको अयोजना गरेर प्रहरी चौकीको  उद्घाटन गरिएको छ। उद्धघाटन  कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, जिल्ला  प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाही, नगर प्रमुख दीपक बहादुर बम, उपप्रमुख मिना धानुक,  हनुमानध्वज गुल्मका गुल्मपति मेजर प्रल्हाद थापा, सशस्त्र प्रहरी बल नेपाल नं ५१ गुल्म हेटक्वाटर  बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक माधव जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय बैतडीका प्रमुख, अनुसन्धान अधिकृत अर्चना सिन्हा  लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

यो संगै अस्थायी प्रहरी पोष्टको  संख्या बैतडीमा पाँच पुगेको छ।   
 

कमेन्ट लोड गर्नुस