सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

२०८० जेठ ८, १०:३९ खबर संवाददाता

धनगढीः धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।

बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायलाइ  सोमवार साँझ ७३६ ग्राम लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। उनलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस