धनगढीमा मापदण्ड विपरीत सञ्चालन गरिएको भन्दै दुईवटा पानी उद्योगमा सिल
धनगढीमा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै दुईवटा पानी उद्योगमा सील गरिएको छ। बजार अनुगमनका क्रममा न्युनतम मापदण्ड समेत पूरा नगरी उद्योग सञ्चालन गरेको भेटिएपछि धनगढी उपमहानगरपालिका २ मा रहेको केजीएन ड्रिकिङ वाटर र वडा नम्बर १ को एमडी आरओ पानी उद्योगमा सिल गरिएको हो।
खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले उद्योगको अनुगमनका क्रममा न्युनतम मापदण्ड पनि पूरा नगरिएको भेटिएपछि सिल गरिएको जनाएको छ।