सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सरकारी बाइक र ट्रक ठोक्किए

२०८० जेठ ६, ०५:५८ खबर संवाददाता

बझाङः  बझाङमा ट्रक र  विपरित दिशाबाट आइरहेको बाइक एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।

जिल्लाको वित्थडचिर गाउँपालिका–९ सुनकुडा बजार नजिकै दुर्घटना भएको हो। बाक्थलाबाट डडेल्धुरा गइरहेको भे ख ३६९१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको सु.प प्र ०१००१ ब १४२५ नम्बरबरको बाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा बाइक चालक दुर्गाथलिका २५ वर्षीय यज्ञराज धामी र शिवराज ओखेडा घाइते भएका छन्। घाइते दुबैजनाको स्थानीय स्वास्थ्यचौकिम उपचार भइरहेको छ। ट्रक चालक बैतडिको शिगास गाउँपालिका–९ का २९ वर्षीय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणम लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस