कञ्चनपुरमा हराएका गहना फेला
कञ्चनपुरः कञ्चनपुरमा २०८० जेठ ५ गते एक महिलाका हराएका गहना फेला परेका छन्।
जिल्लाको बेदकोटद नगरपालिका–३ दैजीकी आइसा दमाइका गरगहना जेठ ५ गते हराएका थिए। उनले गहना हराएको भनी जेठ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन्। जेठ ६ गतेनै अटोचालक अमर कुँवरले सुनका गर–गहना र अन्य सामानसहित अटोमा छुटेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
हराएका गर–गहना तथा सामान आइसालाई शनिबार हस्तान्तरण गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।