बैतडीको दोगडाकेदार गाउँपालिकामा टोलफ्री नम्बर सञ्चालन
बैतडीः बैतडीको एक पालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो। पालिकाबासीका गुनासो सुन्न गाउँपालिकाले पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो। बिहीवारबाट टोलफ्री नम्बर सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रयाग राज पन्तले बताए।
फोन गर्दा पैँसा नलाग्ने १८१०५०००४२२ नम्बरको टोलफ्री नम्बर सञ्चालन गरिएको पन्तले बताए। यसमा कल गरेर नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्ने छन्। नागरिकहरुको सहजताका लागि टोलफ्री सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले बताए।
यस्तै दोगडाकेदार गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा पनि सूचारु सुरु गरेको छ। १६१८०७०७०९५०३ नम्बर डायल गरि अडियो नोटिस बोर्ड सेवा सुन्न सकिने गाउँपालिकाले जनाएको छ।