सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय रिजर्व बैंकले २ हजारको नोट नचलाउने घोषणा

२०८० जेठ ५, ०८:३४ खबर संवाददाता

एजेन्सीः  भारतमा दुई हजारको नोट नचल्ने भएको छ।२००० को नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा

भारतीय रिजर्व बैंकले दुई हजारको नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजार सम्म सटही गर्न सक्नेछन्।

भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न आग्रहसमेत गरेको छ। भारत सरकारले यसअघि ५०० र १००० नोटमा प्रतिबन्ध लगाएको थियो। त्यही बेलादेखि दुई हजारकोको नोट प्रचलनमा ल्याइएको थियो।

कमेन्ट लोड गर्नुस