सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको संख्या १४५ पुग्यो

२०८० जेठ ५, ०५:३५ खबर संवाददाता

एजेन्सीः  म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ।

सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा  आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५  जनाको मृत्यु भएको  हो।’

म्यानमामा आइतबार भीषण चक्रवात मोचा आएको थियो। अल्पसंख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा यसले बढी क्षति पु¥याएको छ।
 

कमेन्ट लोड गर्नुस