सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दगोरियाको दोदोधरा अस्पतालमा सिकलसेलको निःशुल्क उपचार

२०८० जेठ ५, ०४:३४ खबर संवाददाता

धनगढीः  कैलालीको दोदोधरा सामुदायिक अस्पतालमा सिकलसेल एनिमियाको निःशुल्क उपचारको व्यवस्था गरिएको छ।No description available.

स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा प्रेसर सुगर र सिकलसेललगायत रोगको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरिएको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए। दोदोधरा सामुदायिक अस्पताललाई प्रविधि मैत्री अस्पतालको रुपमा सञ्चालनमा ल्याउने र नागरिकलाई सर्वसुलभ उपचार सेवा दिने अध्यक्ष कुँवरले बताए।

दोदोधारा अस्पतालका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीबाट एक लाख ५५ हजार मूल्य बराबरका औषधि आपूर्ति गरिएको गाउँपालिकाले जनाएको छ। साथै चालु आर्थिक वर्षको असार मसान्तभित्रै आवश्यक मेसिन र उपकरणहरू उपलब्ध गराएर स्तरीय आधारभूत सेवा प्रदान गर्ने योजना गाउँपालिकाको छ।No description available.

कमेन्ट लोड गर्नुस