सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा टिप्पर दुर्घटना, सहचालक घाइते

२०८० जेठ ५, ०५:५३ खबर संवाददाता

बैतडी: बैतडीमा टिप्पर  दुर्घटना भएको  छ। जिल्लाको सुर्नया गाउँपालिका  वडा नम्बर–६ खर्काधारमा से १ ख १६५८ नम्बरको  टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी  प्रवक्ता लोक राज जोशीले जानकारी दिए। टिप्पर दुर्घटनामा परेर सहचालक २४ वर्षीय अशोक बोहरा घाइते भएका उनले बताए।

घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीले  जनाएको  छ। घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक जोशीले बताए। बिहीवार साँझ ५ बजे तिर सुर्नया गाउँपालिका अन्तर्गतको  मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला  टिप्पर दुर्घटनामा परेको बताइएको छ। टिप्परमा चालक र सहचालक मात्रै सवार रहेको र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस