नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौंः साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ।
आज नेप्से ३२.३० अंकले बढेर एक हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको हो। बुधबार २३.३९ अंकले बढेर एक हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको थियो। नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। आज नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आज कारोबार भएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ।
हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१.६० रुपैयाँ पुगेको छ। त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०२६.७० रुपैयाँ पुगेको छ। नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्।