सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडी तालमा घोडा सवारीको सुविधा

फोटो : चाँदनी आचार्य
फोटो : चाँदनी आचार्य
२०८० जेठ ४, ०२:४१ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी तालमा घोडामा सवारी गर्ने व्यवस्था गरिएको छ। जैविक विविधताले महत्वपूर्ण ताल क्षेत्रको अवलोकनका लागि घोडाको व्यवस्था गरिएको हो। 

स्थानीय धनबहादुर शाहीले आफ्नो पुर्खोली जिल्ला कालीकोटबाट २ वटा घोडा ल्याएका छन्। उनले आन्तरिक तथा वाह्य पर्यटकलाई घोडाघोडी ताल घुम्ने सुविधा दिएका हुन्। शाहीले विश्व रामसार सूचिमा सूचीकृत भएर देश विदेशमा नाम कमाएको घोडाघोडी तालमा घोडाबाट पर्यटकलाई तालको दृश्यावलोकन गराउने उद्देश्यले दुई लाख भन्दा बढी खर्चेर घोडा ल्याएको बताए। गत फागुनदेखि घोडाबाट घोडाघोडीमा ताल क्षेत्रमा सवारीको सुविधा दिने गरेको उनले बताए। उनले भने, ‘तराईमा घोडाको सवारी नयाँ हो। युवायुवती टिकटक र फोटो खिचाउनका लागि एक छिन घोडामा चढेपनि घोडा सवारमा खासै रुचि भने राखेको देखिदैन।’

बाहिर जिल्लाबाट आउने पाका उमेरका मानिसहरु बढी घोडा चढ्न रुचाउँछन्” शाहीले खुसी हुँदै भने, ‘कोही कोही त खुसी हुँदै तोकिएको शुल्कभन्दा बढी रुपियाँ पनि दिनुहुन्छ। एकजना सेवा निवृत्त कर्मचारीले त दुई सय घोडा सवार शुल्क थियो एक हजार दिएर जानुभयो।’

धनबहादुरलाई घोडा सवारीमा उनका  फुपूका छोरा विनोदकुमार शाहीले साथ दिएका छन्। भीड भएका बेला दुवै जनाले पालैपालो गरेर घोडामा सवारी गराउने गरेका छन्। तालको अगाडिपट्टी बनेको करिब दुई किलोमिटर बाटोमा घोडाको सवारी गराइन्छ। तालमा दुई घोडाका प्रतिमा मात्र निर्माण गरिएका थिए।


 

कमेन्ट लोड गर्नुस