सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

२०८० जेठ ३, ०९:२३ खबर संवाददाता

काठमाडौंः बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ।

दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो। नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बङ्गलादेशबीच भएको छ।

नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ। दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बङ्गलादेशबीच भएको थियो।
 

कमेन्ट लोड गर्नुस