भारतबाट पेट्रोल लटिरमा ९ रुपैयाँले घटेर आयो
काठमाडौंः पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँले घटेर आएको छ। भारतीय आयल कर्पोरेशन ९आईओसी०ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ घटेर आएको हो।
मंगलवार प्राप्त नयाँ मूल्यसूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य ९ रुपैयाँ ५२ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। त्यस्तै, डिजेलको मूल्य भने ८ रुपैयाँ १३ पैसाले घटेर आएको निगमले जनाएको छ।
आईओसीले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्दछ। जसअनुसार मंगलबार आईओसीले निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो।
भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने नेपालमा उपभोक्ता मूल्य घटाउने विषयमा कुनै पनि निर्णय भने गरेको छैन । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउनेबारे निर्णय गर्ने निगमले जनाएको छ।